पूर्णपुष्टि, ३ मंसिर ।
जिल्ला खेलकुद बिकास समति उदयपुरको कार्यालय प्रमुखको जिम्मेवारी कराते प्रशिक्षक प्रकाश राईले पाएका छन् राष्ट्रिय खेलकुद परिषद्ले उदयपुर कराते प्रशिक्षक तथा सोही कार्यालयको कर्मचारी समेत रहेको राईलाई प्रमुखको जिम्मेवारी दिएको हो । परिषद्ले राईलाई कार्यालय प्रमुखमा जिम्मेवारी दिएको जानकारी गराएको छ । भिभागिय प्रमुख प्रेम मल्लद्धारा हस्तक्षर पत्रमा राईलाई प्रमुखको जिम्मेवारी दिएको जानकारी गराईएको हो ।
राई लामो समय देखी खेलकुद क्षेत्रमा आबद्ध छन् । उनले करातेको क्षेत्रमा निकै लामो अनुवभ बटुलिसकेका छन् भने सयौँ खेलाडीहरु उत्पादन गरिसकेको छ । राई यस भन्दा पहिले पनि कार्यलय प्रमुखमा २ बर्ष काम गरेका व्यक्ति हुन् । परिषदले राईलाई दोस्रो पटक कार्यालय प्रमुखको भुमिकामा पुराएको छ । एक महिना अघिनै परिषद्ले राईलाई प्रमुखको जिम्मेवारी दिएको भएपनि बिविध कारणबस मंसिर २ गते देखी कार्यभार सम्हालेका छन् ।