पूर्णपुष्टि, १७ कार्तिक ।
त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउनेमा वडा स्तरीय भलिवल प्रतियोगिता सँगै खेलकुद सामाग्रि वितरण गरिएको छ । युवा तथा खेलकुद लक्षित कार्यक्रम अन्तर्गत वडाको आ.व.२०८१÷०८२ को स्वीकृत वडागत बजेटबाट प्रतियोगिता र सामाग्री वितरण गरिएको हो । वडा कार्यालयको आर्थिक सहयोगमा तिहारको र छैठको अवसर पारेर वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा शुक्रबार एक दिवशिय वडास्तरीय भलिवल प्रतियोगिता र वडाभित्रका विद्यालयहरुलाई खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको वडा अध्यक्ष मान वहादुर राईले जनाए ।

प्रतियोगितामा वडाभित्रका जम्मा ११ ओटा खेलाडी टिमहरु दर्ता भएको थिए । जसमा प्रतियोगिताको उपाधि सुनौलो टोल विकास संस्था सुकौरा भए । सिरुवानी टोल विकास संस्था दोस्रो र लालिगुँरास टोल विकास संस्था आहाले तेस्रो भने । बिजेता पहिलो दोस्रो र तेस्रोले क्रमश : १० हजार ७ हजार र ५ हजार नगद सहित प्रमाण पत्र र मेडल हात पारे । उक्त पुरस्कार वडा अध्यक्ष मान वहादुर राईले प्रदान गरे ।

कार्यक्रममा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको छ । कृष थापा मगर, खड्ग ब.राई र कृष्ण कुमार राईलाई गरी तिन जनालाई नगद, मेडल र प्रमाण पत्र सहित सम्मान तथा पुरस्कृत गरिएको हो ।
प्रतियोगिता सागै वडाभित्रका ७ ओटा सामुदायिक विद्यालयहरुलाई भलिवल, जाली, पम्प, रिङ्गबल, चेस, लुडो र स्कीपिङ्ग डोरी सहितको खेलकुद सामग्रीहरु समेत वितरण गरिएको छ । अध्यक्ष राईले बिगतमा झैं यस बर्षपनि युवा तथा खेलकुद लक्षित कार्यक्रम अन्तर्गत प्रतियोगिता र खेलकुद सामाग्रीहरु वितरणलाई निरन्तरता दिएको जनाए । यस्ता खाले कार्यक्रमहरुले स्थानीय युवाहरुमा खेलप्रतिको अभिरुचि बढ्नुका साथै स्थानीय खेलाडी उत्पादनमा समेत प्रत्यक्ष सहयोग पुग्ने बताए । वडाभित्र समुदाय र विद्यालय तहमा खेलकुदको विकास तथा प्रबद्र्धनमा वडा कार्यालयले सदैव सहयोग गर्ने बचनबद्धता समेत अध्यक्ष राईको छ । अध्यक्ष राईले सभ्य र भव्यरुपमा कार्यक्रम सम्पन्न गरेकामा आयोजकलाई वडा कार्यालयको तर्फबाट धन्यवाद ज्ञापन समेत गरे ।

यस्तै वडा सदस्य घमान सिं राईले वडाले यस किसिमको युवा लक्षित कार्यक्रमको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । राईले खेल मैदानको मर्मत सुधार गर्न पहल गर्नुपर्ने समेत धारणा राखे । यसका लागि आफु र आफ्नो वडा लागि पर्ने र अन्य नियका सरकारलाई पनि यसवारे पहल गराउने प्रतिवद्धता सदस्य राईले दिए ।
मा.वि.चिलाउने भन्ज्याङका प्र.अ.राम बहादुर राईले खेलकुद सामाग्री प्रदान गर्ने वडा सरकारलाई धन्यवाद व्यक्त गरे । सरकारले विद्यालय प्रति लक्षीत गरेको खेलकुद सामाग्रीले विद्यार्थीहरुलाई खेलमा पनि सहभागी गराउन सहज भएको प्रअ राईले जनाए ।

आयोजक संस्थाका अध्यक्ष तथा एम्पायर पेशल राईले खेलाडीहरु अनुशासित भई आफ्नो खेल कौशल प्रदर्शन गरेकामा धन्यवाद दिए । कार्यक्रमलाई समन्वय सहयोग गर्ने वडा कार्यालय र उपस्थित सम्पूर्ण वडाबासीहरुलाई उच्च धन्यवाद पनि व्यक्त गरे । कार्यक्रमको उद्घाटन वडा सदस्य घमान सिं राईले गरेका थिए भने समापन वडा अध्यक्ष मान बहादुर राईको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रमको अध्यक्षता वडास्तरीय युवा तथा खेलकुद विकास समितिका अध्यक्ष पेशल राईले गरे भने कार्यक्रम संचालन सचिव भुवन कुमार राईले गरे । स्थानीय जनप्रतिनिधि, वडाका कर्मचारीहरु, विद्यालयका प्र.अ. तथा शिक्षकहरु, स्वास्थ्य चौकीका इन्चार्ज लगायत आयोजक संस्थाका पदाधिकारीहरु, खेलाडी युवा साथै स्थानीय वडाबासीहरुको उपस्थिति भव्य समापन गरिएको थियो ।