पूर्णपुष्टि, ४ मंसिर ।
त्रियुगा नगरपालिका १२ मा हुने उपनिर्वाचनको उम्मेदवारमाथी कुनै पनि दावी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मदेवारी घोषणा सँगै २ गते मनोनयन दर्ता र ३ गते उम्मेदवार उपर दावी विरोध तथा उजुरुको कार्यक्रम रहेको थियो । दावी विरोध गर्ने समय अवधिभर कुनै पनि उम्मेदवार उपर उजुरी नपरेको कार्यालयले जनाएको छ । त्रियुगा १२ मा एक स्वतन्त्र उम्मेदवार र ८ दल गरी जम्मा ९ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए । उपनिर्वाचन कार्यक्रमका तालिका अनुसार ४ गते मनोनयन कागजपत्रको जाँच, उजुरी उपर निर्णय र उम्मेदवार नामावली प्रकाशनको कार्यक्रम रहेको छ । भोली ५ गते उम्मेदवारी फिर्ता, अन्तिम नामवली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको हो ।