सिरहा १० भदौ । मधेस प्रदेशका बन मन्त्री संजय यादवले गृहजिल्ला सिरहामा रहेका सामुदायिक वनहरुको अनुगमन गरेका छन्। उनले डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा तारवारसहित गरेको वृक्षारोपणको अनुगमन तथा निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा मन्त्री यादवले सामुदायिक वनका जग्गा अझै अतिक्रमणको चपेटामा रहेको पाइएको छ। उनले, ´अतिक्रमित जग्गामा समेत वृक्षारोपण गर्न र वन संरक्षणमा कडाइ अपनाउन वन कार्यालयलाई निर्देशन दिएका छन्।

मन्त्री यादवले कर्जन्हा नगरपालिका–१ स्थित नन्दवावा सामुदायिक वन, गोलबजार नगरपालिका १० स्थितिको घुर्मिकिनार सामुदायिक वन, चुरे चौफाल सामुदायिक वनसहित जिल्लाभरिका सामुदायिक वनहरुको निरीक्षण गरेका थिए।

मन्त्री यादवले समुदायको सक्रिय सहभागितामा आधारित दिगो वन संरक्षणको आवश्यकता पनि औँल्याएका छन्।