पूर्णपुष्टि, २ मंसिर
यहि मंसिर १६ गते हुने उदयपुर उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदैछ । उदयपुरमा पनि दुई ठाउँ निर्वाचन हुने भएको छ । बेलका नगरपालिका ९ र त्रियुगा १२ गरी दुई ठाउँमा उपनिर्वाचन हुँदैछ । त्रियुगा १२ काँग्रेस, एमाले, मोवादी, रास्वपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्त लगायतका पार्टीहरुले उम्मेदवारी घोषणा गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलगल सहित मनोनयनका लागि उम्मेदवार र पार्टी पंक्तिहरु तयारी अवस्थामा छ । बेलका ९ र त्रियुगा १२ का वडा अध्यक्ष दवै जनाको सवारी दुर्घटना मृत्यु भएपछि अध्यक्ष पद रिक्त अवस्थामा थियो । सोही पद पूर्ति गर्न उपनिर्वाचन गर्न लागिएको हो ।

