पूर्णपुष्टि, २८ कार्तिक ।
उदयपुरमा हुने उपनिर्वाचनका लागि तिन ठुला दलले उम्मेदवार तयार गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकापा माओवादीले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तयार गरेको हो । उदयपुरमा त्रियुगाको वडा नं १२ र बेलका नगरपालिकाको वडा नं ९ मा उपनिर्वाचन हुँदैछ । यी दुवै वडाका वडाअध्यक्षको दुर्घटनामा मृत्यु भएपछि अध्यक्ष पद रिक्त अवस्थामा थियो । त्रियुगाको १२ मा नेपाली कांग्रेसको तर्फबाट सञ्जीव काफ्ले उम्मेदवार बनेको छ भने एमालेबाट लक्ष्मी नारायण चौधरी र माओवादी बाट नविन राईलाई उम्मेदवार बनाईएको छ । यस्तै बेलका नगरको ९ नं वडामा कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का र माओवादीबाट भरत घिमिरे उम्मेदवार छन् । यस बाहेक अन्य पार्टीहरुले भने उम्मेदवार टुँगाएको अवस्था छैन् । तिन ठुला दलले भने दुई ओटा वडाका लागि ६ जना उम्मेदवार तयार पारिसकेको अवस्था छ ।