पूर्णपुष्टि, २९ कार्तिक ।
एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव तथा त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीलाई मातृ शोक परेको छ । नेता चौधरीको ममतामय माता घुरन वती चौधरीको ८३ बर्षको उमेरमा बिराटनगर स्थित गोल्डेन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । चौधरीलाई निमोनिया र दमको बिरामी रहेको परिवारले जनाएको छ । गएराति ८ बजे उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो ।