पूर्णपुष्टि, २९ कार्तिक ।
पहिचान पक्षधरहरुले बिराटनगरमा मंसिर २ गते आन्दोलन गर्ने भएको छ । प्रदेश नं १ पून ः नामाङ्कन संघर्ष समितिले कोशी नाम खारेजी सँगै पहिचानको आधारमा पून ः प्रदेशको नामाङ्कन हुनु पर्ने माग सहित आन्दोलन गर्ने भएको हो ।
संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले पहिचानवादीहरु उठिसकेको जनाए । मंसिर २ आन्दोलनलाई लक्षित गर्दै गाईघाटमा गरिएको अन्तरक्रियामा बोल्दै थेगिमले आन्दोलनका लागि पहिचान पक्षधरहरु एक भएर भैसको जनाए । आदिवासी जनजातिहरुको पहिचान र अधिकारमाथी सरकारले अन्याय गरेको भन्दै त्यसको लागि आफुहरु संघर्षमा उत्रिएको थेगिमको भनाई छ ।
मंसिर २ को आन्दोलन सँगै बिभिन्न चरणमा संघर्ष अघि बढाउने पनि थेगिमले जनाए । थेगिमले सरकारले गरेको अत्याचारका कारण आज पहिचान पक्षहरुले सडक र सदन खोजिरहेको जनाए । सरकारले आदिवासी जजातिहरुका पहिचान मेटाउन नखोजेको भए आज पहिचान पक्षधरहरु सडकमा उत्रिनु पर्ने अवस्था नरहने पनि थेगिमको भनाई छ । सरकारले आफै आफ्नो खुट्टामा बन्चरो हान्नका लागि अवस्था निम्ताई रहेको उनको ठहर छ । पहिचान सहितका प्रदेश नामाकरणले त्यस प्रदेशमा बसोवास गर्ने सबै समुदायको पहिचान स्थापित हुने उनले जनाए । संविधानमै लेखिएको कुरा जनताले माग गर्दा जनतामाथि जाईलाग्ने सरकारकै कारण आज पहिचानवादीहरु सदनमा समेत उपस्थिति जनाउने प्रयासमा छ ।
किरात राई यायोख्खाका केन्द्रीय माहासचिव भिम राईले सरकारलाई घुडा टेकाएरै छाड्ने जनाए । अबको आन्दोलन सडकमा मात्रै नभई सदनमा समेत हुने जनाए । देशमा हुने निर्वाचनमा अनिवार्य सहभागी गराई पहिचानवादीहरुलाई पनि सदनमा पुराउन हर कोशीस गर्ने र सदन र सडक दुवै ठाउँमा आफ्नो उपस्थिति देखाउने राईका भनाई छ । विपद्, चाँडबाँड र सरकार फेरवदलका कारण केहि समय शान्त रहेको आन्दोलन अब फेरी जाग्ने राईको भनाई छ ।

