पूर्णपुष्टि, कार्तिक २१ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले मन्त्रिपरिषद्को स्वीकृति नलिई जापान भ्रमणमा गएको विवादपछि राजीनामा दिने भएका छन् ।

उनले नैतिकताका आधारमा राजीनामा दिन लागेको जनाइएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार अधिकारीले आज पत्रकार सम्मेलन गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको छ ।