पूर्णपुष्टि, कार्तिक २१ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले राजिनामा दिएका छन् । मन्त्री अधिकारीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्रिपरिषद्को स्वीकृति नलिई जापान भ्रमणमा गएको विषयमा विवाद भएपछि उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताइएको छ । यसअघि उनको जापान भ्रमणको विषयले प्रदेश सरकारमा विवाद सिर्जना भएको थियो ।

