पूर्णपुष्टि, कार्तिक २० । कोशी प्रदेशमा दशैं-तिहारको अवधिमा भएका सवारी दुर्घटनामा ३७ जनाको ज्यान गएको छ । घटस्थापनादेखि भाइटीकासम्मको अवधिमा भएका ५८२ दुर्घटनामा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
प्रदेशका १४ जिल्लामध्ये झापामा सर्वाधिक १३ जनाको मृत्यु भएको छ भने मोरङमा ८ र सुनसरीमा ७ जनाको ज्यान गएको छ । यस अवधिमा ९६१ जना घाइते भएका छन् । दुर्घटनाको संख्या हेर्दा मोरङमा सबैभन्दा बढी २१६, झापामा १६५ र सुनसरीमा १४६ वटा दुर्घटना भएका छन् । कुल दुर्घटनामध्ये ५१३ वटा मोटरसाइकल दुर्घटना रहेका छन्। सोमबार मात्रै २८ स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।