सिरहा १८ मंसिर। लामो समयदेखि निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको गोलबजारस्थित माउन्ट एभरेष्ट सेकेन्डरी स्कूल तथा माउन्ट एभरेष्ट इन्टरनेशनल कलेजले यस वर्षदेखि स्नातकोत्तर तहमा एमबीए कार्यक्रम संचालन गर्न लागेको जनाएको छ। कलेजले   पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम सार्वजनिक गर्दै उच्च शिक्षामा स्थानीय स्तरमै नयाँ विकल्प सिर्जना गर्न लागेको घोषणा गरेको हो।

यश विद्यालयले दिएको गुणस्तरीय शिक्षा, शैक्षिक वातावरण, योग्य र अनुभवी प्राज्ञिक जनशक्तिको कारण स्थानीय समुदायबाट पाउँदै आएको निरन्तर सहयोग नै उच्च शिक्षा विस्तारको प्रमुख आधार बनेको कलेजका प्राचार्य मनोज कुमार यादवले जनाएको छ। उनी भन्छन् , ´हामीले गरेको मेहनत, लगानी र शैक्षिक गतिविधिले यस क्षेत्रको शिक्षा स्तर उकास्न केही हदसम्म योगदान पुर्‍याएको महसुस गरेका छौं। यही विश्वास र प्रेरणाले हामीलाई एमबीए जस्तो माग अनुसारको कार्यक्रम सुरु गर्ने ऊर्जा दिएको हो,।´

प्राचार्य यादवका अनुसार, ´राजर्षि जनक विश्वविद्यालयसँगको सम्बन्धनमा कलेजले यसअघि देखि नै स्नातक तहमा BBA, BCA, BSc.CSIT लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यस्तै, +2 तहमा विज्ञान, वाणिज्य र शिक्षा संकायसमेत संचालन गर्दै आएको कलेजले अब स्नातकोत्तर तहसम्म कार्यक्रम विस्तार गरेको छ।´

स्थानिय आवश्यकता र समयको मागअनुसार उच्च शिक्षाका कार्यक्रम विस्तार गर्न लागेको कलेजले विदेशिनुपर्ने वा अन्य ठूला शहर धाउनुपर्ने बाध्यतालाई केही हदसम्म कम गर्न एमबीए कार्यक्रम महत्वपूर्ण विकल्प बन्न सक्ने विश्वास व्यक्त गरेको छ। “अभिभावकले आफ्ना सन्तानलाई आफूसँगै राखेर न्यून शुल्कमा गुणस्तरीय उच्च शिक्षा दिलाउन चाहने हो भने हामी विश्वसनीय विकल्प बन्न सक्छौं कलेजले जनाएको छ।

योग्य, दक्ष र अनुभवी जनशक्तिको संयोजन, आधुनिक पूर्वाधार, समयानुकूल विषय छनोट तथा उच्च शैक्षिक वातावरणमार्फत यस क्षेत्रकै उत्कृष्ट उच्च शिक्षा केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्य कलेज अगाडी बढीरहेको जनाइएको  छ।