सिरहा २५ असोज। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा आयोजना गर्न लागिएको कन्सर्ट कार्यक्रम तत्काल रोक्न निर्देशन दिएको छ। सुरक्षा संवेदनशीलताको कारण सो कार्यक्रम सञ्चालनमा रोक लगाइएको हो।

गोलबजार नगरपालिकाले अनुमति दिएपनि हालको सुरक्षा अवस्थाको मूल्याङ्कनका आधारमा कार्यक्रम रोक्न आदेश दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।

प्रशासनले जनताको सुरक्षा र शान्ति–सुरक्षालाई प्राथमिकता दिँदै आयोजकलाई कार्यक्रम नगर्न निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जनाए ।