सिरहा २५ असोज । सिरहाको गोलबजार नगरपालिका २ स्थित खेलग्राममा सम्पन्न दुई दिवसीय ‘राइज अफ चेन्ज T20 सिरिज’ मा गोलबजार क्रिकेट क्लब विजय भएको छ। क्लबले फाइनल खेलमा सप्तरीलाई ६१ रनले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि आफ्नो पोल्टोमा पारेको हो।

तीन खेलको सिरिजमा गोलबजारले दोस्रो जित  समेत हासिल गरेको छ। पहिलो खेलमै १०२ रनको शानदार प्रदर्शन गरेको गोलबजारले आज फेरि पनि उत्कृष्ठ खेल प्रस्तुत गर्दै सप्तरीलाई पराजित गर्‍यो। पहिलो खेलमामा सप्तरी टोली ४१ रनमै  अलआउट भएको थियो।

पहिलो दिनको खेलमा म्यान अफ द म्याच: समीर खान बनेको थियो। उनले ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।त्यसैगरी दोस्रोदिनको खेलमा नवीन ठाकुर म्यान अफ दि म्याच:को उपाधी लिन सफल भएको स्थानीय खेलाडी राजेस साहले जनाएको छ।

कार्यक्रममा गोलबजार २ का वडा अध्यक्ष सुकदेव सिंह , मधेस प्रदेश कराटे महा संघका प्रदेश सचिब कसम लामा, मधेस खेलकुद परिषद्का सदस्य निषेश श्रेष्ठ, उद्योग वाणिज्य संघ गोलबजारका वरिष्ठ उपाध्यक्ष राकेश गुप्ता, गोलबजार खानेपानी उपभोक्ता समितिका सचिव पुजन सिंह,राइज अफ चेन्जका कोषाध्यक्ष  शशि बाबू यादवलगायत स्थानीय युवा र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।