सिरहा, २१ असोज। गोलबजार नगरपालिकाले सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक समाचारप्रति आपत्ति जनाउँदै प्रेस बिज्ञप्ति जारी गरेको छ।
गोलबजार नगरपालिकाका नगर प्रवक्ता सञ्जित लामाले जारी गरेको विज्ञप्तिमा वडा नम्बर २ र ६ का निर्माण योजना सम्बन्धी पत्रकार अर्जुन थपलियाले आफ्नो फेसबुक सामाजिक सञ्जालमा पोष्ट गरेका समाचारहरू असत्य र तथ्यहीन रहेको उल्लेख गरेको छ। खेलमैदान, पोखरी तथा प्रशासनिक भवन निर्माणमा अहिलेसम्म कुनै रकम खर्च नभएको विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ।
नगरपालिकाले नगरबासिलाइ समाजिक संजालमा पोष्ट्याइएका अफवाहमा नफस्न तथा आधिकारिक स्रोतबाट मात्र सूचना लिन र गलत समाचार नफैलाउन आग्रह समेत गरेको छ।

