सिराहा २७ असोज । सिरहाको गोलबजारमा ‘ALBA T-20 Series’ क्रिकेट खेल शुरु हुने भएको छ। असोज २८ गतेदेखि ३० गतेसम्म गोलबजार क्रिकेट क्लबको आयोजनामा दुई दिवसीय हुने सो खेल जनता माध्यमिक विद्यालयको खेलमैदानमा शुरु हुने छ।
भोलि मंगलवार दिउँसो १२:३० बजेबाट सुरु हुने पहिलो खेलमा जनकपुर र गोलबजारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
गोलबजार क्रिकेट क्लब, गोलबजारले आयोजना गरेको सो खेलको प्रायोजक ALBA College (BCA, BBA), गोलबजार ४, सिराहाले गरेको छ।
गोलबजार क्रिकेट क्लबका प्रतिनिधि राजेश साहका अनुसार ´प्रतियोगिताको उद्देश्य स्थानीय स्तरमा खेलाडीहरूलाई प्रोत्साहन गर्ने र प्रतिभा विकासका लागि अवसर प्रदान गर्ने रहेको जनाए। उनले भने, ´प्रतियोगितामा विजेता तथा उपविजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने छ।´

