सिरहा, जेठ २१ । सिरहाको गोलबजार–८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा नव निर्मित प्रशासनिक भवनको उद्घाटन समारोह सम्पन्न भएको छ। करिब १ करोड भन्दाबढी लगानिमा निर्माण गरिएको उक्त भवनको उद्घाटन पूर्व कानून मन्त्री तथा प्रतिनिधि सभा सदस्य लिला नाथ श्रेष्ठले रिबन काटेर गर्नुभयो।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले मधेस क्षेत्र विगतमा शिक्षाको हवको रूपमा परिचित रहेको स्मरण गराउँदै पछिल्लो समय मधेसको शिक्षाको स्तर खस्किँदै गएको बाताए। उनले भने ´शिक्षाको केन्द्र भनेर चिनिने मधेसमा अहिले शिक्षाको स्तर एकदमै खस्केको जनाए।

सामुदायिक शिक्षामा गुणस्तर अभिवृद्धि गर्नु आजको आवश्यकता रहेको भन्दै उहाँले शिक्षामा थप लगानी र सरकारी निगरानी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

सामुदायिक विद्यालयहरूमा गुणस्तर वृद्धि बिना देशको समग्र शैक्षिक विकास सम्भव छैन, ´मन्त्री श्रेष्ठले भन्नुभयो, ´स्थानीय सरकारहरूले समेत शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ।´

कार्यक्रममा विद्यालयले चालू शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको जानकारी दिइएको थियो। प्रमुख अतिथि श्रेष्ठले विद्यालयलाई सफलताका लागि शुभकामना समेत दिनुभयो।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार महतोको अध्यक्षता रहेको थियो भने विशेष अतिथिका रूपमा मधेस प्रदेशका माननीय सांसद मनोज कुमार सिन्हा, गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ, बुद्धिजीवी, समाजसेवी, अभिभावक लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।