पूर्णपुष्टि, २३ कार्तिक ।
चिसो मौसम भित्रिएसँगै त्रियुगा नगरपालिका १ जोगिदहले जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडाले सम्मान गरेको छ । बिहिबार वडा कार्यालयमा २० जना जेष्ठ नागरिक र १३ जना एकल महिला गरी ३३ जनालाई न्यानो कपडाले सम्मान गरेको हो । वडा अध्यक्ष मनोज चौधरीले चिसो बाट बचाउन जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको जनाए । कतिपय जेष्ठ नागरिकहरु परिवारबाट एक्लै बस्ने र कतिपयले उनिहरुलाई नहेर्ने हुँदा त्यसको अभिभावकको रुपमा वडा कार्यालय अघि सरेको जनाए ।
आर्थिक बर्ष २०८१÷०८२ को वडागत बजेट कार्यक्रम बाट न्यानो कपडा वितरण गरिएको अध्यक्ष चौधरीले जनाए । चौधरीले गत बर्ष छुटेकाहरुलाई यो बर्ष बितरण गरिएको र अब अर्को बर्ष यस बर्ष छुटेकाहरुलाई गरी पालैपालो न्यानो कपडा वितरण गर्दै आएको उनले बताए । यो कार्यक्रम वडाले २०७४ सालदेखीनै निरन्तर गर्दै आएको छ । उनिहरुलाई उमेर अनुसार कपडा निवतरण गरिएको छ । जेष्ठ नागरिकको हकमा १२ देखी १३ सालको र एकल महिलाको हकमा भने २८ साल देखी ३३ सालदेखीको महिलाहरुलाई वितरण गरिएको अध्यक्ष चौधरीको भनाई छ । उनिहरुलाई एक थान डस्ना, एक थान सिरक, एक थान सिरानी, एक थान तन्ना र एक थान जुल प्रदान गरिएको हो ।


