सिरहा १५ पुस। मिर्चैया अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट (मे.सु.) तथा बर्धमान अस्पताल, गोलबजारकी डाइरेक्टर डा. सारिका गोइत नेपाल मेडिकल काउन्सिल (NMC) को सदस्य पदमा निर्वाचित भएको छ । उनी ४ हजार २ सय १५ मतसहित निर्वाचित भएको हो।
स्वास्थ्य क्षेत्रको सुधार, गुणस्तरीय सेवा प्रवर्द्धन र चिकित्सक पेशाको सशक्तिकरणमा सक्रिय रहँदै आउनु भएकी डा. गोइतको यो विजयलाई चिकित्सकहरूले सकारात्मक संकेतको रूपमा लिएका छन्। उनको अनुभव र नेतृत्व क्षमताले NMC लाई अझ पारदर्शी, सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
विशेषज्ञ र चिकित्सक समुदायले उनको निर्वाचित पदलाई स्वास्थ्य क्षेत्रमा नीति सुधार र गुणस्तरीय सेवा प्रवर्द्धनको अवसरको रूपमा स्वागत गरेका छन्। डा. गोइतको कार्यकालमा NMC द्वारा सञ्चालन हुने विभिन्न कार्यक्रम, प्रशिक्षण र नीति निर्माणले देशको स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

