पूर्णपुष्टि, २८ कार्तिक ।
त्रियुगा नगरपालिका १२ नं वडामा वडा अध्यक्षका लागि नेकपा एसले पनि उम्मेदवारी घोषणा गरेको छ । नेकपा एसले वडा अध्यक्षका लागि पार्टी त्रियुगा नगर कमिटीका सदस्य निर्मला चौधरीलाई उम्मेदवारी घोषणा गरेको हो । पाटीका केन्द्रीय सचिव बलदेव चौधरीको उपस्थितिमा उम्मेदवारी घोषणा गरिएको छ । उदयपुरमा त्रियुगा १२ र बेलका ९ गरी दुई ठाउँमा उपनिर्वाचनको तयारी भैरहेको छ । मंसिर २ गते मनोनयन दर्ताको काम रहेको छ भने १६ गते उपनिर्वाचन हुँदैछ । त्रियुगा १२ र बेलका ९ का दुवै वडा अध्यक्षको दुर्घटनामा मृत्यु भएका थिए । जस कारण दुवै वडामा अध्यक्ष पद रिक्त छ ।