पूर्णपुष्टि, २४ कार्तिक ।
नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुने जनाएको छ । उनले आफ्नै पार्टीको सहयोगमा एमालेको सरकार बनिरहेको हुँदा हाललाई राम्रो काम गरेर सरकार चलाउनको बिकल्प नरहेको जनाए । कोईरालाले सरकारले गरेको गलत गतिविधिलाई गलत भन्नु सक्नु पर्ने आमसभामा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरे । बिपिकोअनुयायी वा सिद्धान्तमा हिड्ने भए सरकार जो सुकैको होस गलतलाई गलत भन्न सक्नु पर्ने कोईरालाको अडान छ ।

उनले आफ्नो पाटी समेत सरकारमा भएको हुँदा सम्पूर्ण मन्त्री र नेताहरुलाई जनमुखी र नियमबद्ध काम गर्न अनुरोध गरे । यस अलवा सरकारलाई नियम विपरित काम गर्न छुट नभएको उनको भनाई छ । उनले सहकार्यको सरकारका कारण गलतलाई गलत भन्न कठिन भएको समेत जनाए । उनले गलतलाई गलत भन्नका निमित्तै यो लडाई चलिरहेको जनाए । उनल सरकारले कुरा गरेको संविधान संसोधनको समेत चासो राखे । सरकार बनाउने बेला ७ बुद्धे सम्झौता भयो, ति सम्झौतालाई अघि बढाउन सकिरहेको छ की छैन सरकारले भनेर खोज्ने दिन आएको छ, “कोईरालाले भने” । उनले सरकारको सय दिन पुगिसेकाले यसको सोधि खोजी सुरु गर्नु पर्ने समेत जनाए । प्रधान्मत्रीले संविधान संसोधन सहित संसदमा ७ बुद्धे सम्झौताको प्रगति सुनाए सकेको भएपनि संविधान सुधारको कुनै पनि कुराहरु अघि बढ्न नसकेको उनले बताए । संविधान संसोधन गर्न दुई तिहाईको सरकारले मात्रै नहुने त्यसका लागि विपक्षी दलहरुको समेत आवश्यक रहेको उनको भनाई छ ।

गाईघाट बजार स्थित बिपि चोकमा निर्माण बिपि कोईरालाको शालिक अनावरण तथा आम सभालाई सम्बोधन गर्न शनिवार गाईघाट आईपुगेका नेता कोईरालाले आफुले सँधै सरकारको निगरानी गरिरहने र गलत भए त्यस्तालाई नछाड्ने समेत जनाए । उनले उदयपुरका कांग्रेस नेता र कार्यकर्ताहरुलाई निराश नबनाउने र कांग्रेस भित्रका समस्या मिलेर हल गर्ने प्रतिवद्धता दिए ।