सिरहा ८ भदौ । बीरगंजमा हैजा (Cholera ०१) संक्रमणले महामारीको संकेत देखिएको छ। दूषित पानीका कारण संक्रमण फैलिएको पुष्टि भएपछि प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले आपतकालीन टोली परिचालन गरेको हो।

माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले सबैलाई सतर्क रहन आग्रह गर्दै सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिन अपिल गरेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित क्षेत्रमा आवश्यक औषधि, स्वास्थ्यकर्मी तथा सचेतनामूलक अभियान सुरु गरिएको मन्त्रीका स्वकीय सचिब सतिस कुमार सिंहले जनाएको छ। हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न मन्त्री सिंहले नागरिकलाई आग्रह गरेका छन् ।