पूर्णपुष्टि, २ मंसिर ।
आगमी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बेलका नगरपालिका ९ र त्रियगा १२ मा माओवादी उम्मेदवारले मनोनयन दर्ता गराएको छ । बेलका ९ मा भरत घिमिरे र त्रियुगा १२ मा नविन राईले मनोनयन दर्ता गराएको हो । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राई र घिमिरेले मनोनन दर्ता गराएको हो । मनोनयन दर्ता सँगै दुवै उम्मेदवार यतिवेल व्यापक चुनावी प्रचार प्रसार कार्यक्रममा होमिएका छन् । पार्टीका दलगल सहित नेता तथा कार्यकर्ताहरुको बृहत उपस्थितिमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएको छ । माओवादी सँगै कांग्रेस, एमाले, रास्वपा, राप्रमा लगायतका पार्टीहरुले पनि दुवै स्थानमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।