काठमाडौं । पूर्व मन्त्री संजय कुमार साह(टक्ला) ले आमरण अनशन तोडेका छन् । पूर्व मन्त्री साह पछिल्लो ६ दिन देखि नख्खु कारागारमा आमरण अनशनमा बसेका थिए । कारागार विभागले कैदी फिर्ता बोलाएपछि स्वयम् कारागार फर्किने क्रममा काभ्रेमा प्रहरीले ज्याददी गरेपछि चरित्र हत्या भएको भन्दै आमरण अनशन बसेका थिए ।
उनले विगत १२ वर्षदेखि आफूले नगरेको गल्तीमा कारागारमा कैदी जिवन बिताइरहेको र अहिलेको अन्तरिम सरकारले निष्पक्ष रुपमा पून छानविन गनुपर्ने र विगत देखि नै पोलिग्राफ तथा नार्को परिक्षण गराइ वास्तविक सत्यतथ्य यकिन हुने भन्दै आमरण अनशन बसेका थिए ।
आज आमरण अनशनको छैटो दिनमा मानव अधिकारको विशेष टोली गई पूर्व मन्त्री साहको आमरण अनशन तोडाएका हुन । स्वस्थ्यमा असर पर्ने तथा साहको हरेक मागको कानुन बमोजिम पहल हुने आश्वासन सहित आमरण अनशन तोडाएका हुन ।