पूर्णपुष्टि, कार्तिक २५ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोपमा विराटनगरस्थित निवासबाट पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ गरिएका अधिकारीलाई दिउँसो एक बजे हवाईजहाजमार्फत काठमाडौं पठाउने तयारी रहेको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले पुष्टि गरे ।
मन्त्रिपरिषदको स्वीकृतिबिना जापान गएका अधिकारीसँगै अन्य तीन जना पनि गएका थिए । जापानको अध्यागमनले उनीहरूलाई विमानस्थलबाटै फर्काइदिएको थियो । यस घटनापछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए भने एमालेको कोशी प्रदेश कमिटीले उनलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको छ ।

