पूर्णपुष्टि, ४ मंसिर ।
त्रियुगा नगरपालिका १२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई आचार संहिता, प्रचार प्रसार समय, मनोनयन दर्ता सँगै मतदान मिति समेतको तालिका सार्वजानिक गरेको छ । कार्यालयको तालिका अनुसार मंसिर २ गते मनोनयन दर्ता र मनोनयन दर्ता सूचि प्रकाशन कार्यक्र रहेको थियो भने मंसिर ३ गते दावि बिरोध तथा उजुरी रहेको थियो यो दुवै कार्यक्रम सम्पन्न भैसकेको छ । २ गते एक स्वतन्त्र सहित ९ दलले मनोनयन दर्ता गराईसकेको अवस्था छ भने ३ गते हुने दावी विरोध सम्बन्धी कसैलाई पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी मंसिर ४ गते मनोनयनपत्रको जाँच र उजुरी उपर निर्णय र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ भने मंसिर ५ गते उम्मेदवारी नामावली प्रकाशनको गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कर्याक्रम रहेको छ भने मंसिर १६ गते मतदान गर्ने समय रहेको छ । सोही तालिका सँगै उपनिर्वाचनका लागि काम कार्वाही अघि बढीरहेको मुख्य निर्वाचन अधिकृत दिपक खरेलले जानकारी दिए ।