पूर्णपुष्टि, कार्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धानका लागि यो थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
यो मंगलबार गरिएको म्याद थप लामिछानेको लागि तेस्रो पटकको हो। यसअघि पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थप गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले म्याद थपको माग गरेको थियो । लामिछानेलाई कार्तिक २ गते प्रहरीले काठमाण्डौँबाट पक्राउ गरेको थियो । सहकारी ठगीको अभियोग लागेका लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

