पूर्णपुष्टि, ३० कार्तिक ।
उदयपुरमा छुट्टा छुट्टै स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार जिल्लाको उदयपुरगढी गाउँपालिकाको मांङसिन्टारमा दुर्घटना हुँदा चालक भोजपुर हतुवागढि गाउपालिका २ का निरज मगरको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उदयपुरगढिको २ नं वडा केर्सेबाट मालसामन बोकेर ताप्लि गाउपालिका तर्फ जादै गरेको प्र (१(०२(००२ त ९२१ नम्बरको ट्याक्टर बिहान ८।३० बजेको समयमा सडक देखि झन्डै १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी सहचालक भने घाईते छन् । उनको कटारी अस्पतालमा उपचार भैरहेको छ ।
यस्तै रौतामाई गाउपालिकाको गोगुन खोलामा बिहिवार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । लिम्चुङबुङ देखि भुटारको डहर तर्फ आउदै गरेको प्रदेश नम्बर ०३(००१(त ८१९० नम्बरको ट्याक्टर आफै अनियंत्रित भै राति ९ बजे दुर्घटना हुँदा रौता गाप १ डहरका ४० बर्षिय चक्रबहादुर तामाङको घटनास्थल मै मृत्यु भएको ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनामा परि सोही ठाउका १८ बर्षिया मनिषा तामाङ र बर्ष २३ का सुरेश तामाङ घाइते भएका छन् ।घाइते उनिहरुलाई उपचारको जिल्ला अस्पताल उदयपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।
बिहिवार राति डहर बजारमा लाग्ने एक राते मेला भर्न ट्याक्टर चढेर उनिहरु आउदै गरेको स्थानिय चक्र कार्कीले बताए । रातिको समयमा खराब बाटोको कारण ट्याक्टर दुर्घटना भएको उनले बताए ।
दुर्घटना पछी चालक अमृत तामाङ फरार रहेकोेले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । मृतक तामाङको शब पोस्टमार्टमको लागि गाईघाट ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

