पूर्णपुष्टि, ५ मंसिर ।
त्रियुगा नगरपालिका वडा नं १२ मा यहि मंसिर १६ गते हुने उपनिर्वाचनमा एक मात्रै स्वतन्त्र उम्मेदवार परेको छ । डिएमेगट निवासी २६ बर्षिय बजरंङ्गी कुमार दासले वडा अध्यक्षका लागि हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको हो । दासलाई बुधबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह पनि प्रदान गरिसकेको छ । उनले शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी सँगै विकासका पूर्वधारहरुलाई मुख्य जोड गरेको छ । खोनाला नियन्त्रण, वस्ती व्यवस्थापन, विद्यालय निर्माण जस्ता कुरालाई अघि सारेको छ । दास सँगै अन्य आठ दल पनि चुनावी मैदानमा छन् । कांग्रेस, एमाले, माओवादी लगायत प्रमुख दलहरु सँगै अन्य साना दलहरु पनि प्रतिस्पर्धामा छन । दासले १२ नं वडामा विद्यालय पनि खोल्ने जनाएको छ ।