पूर्णपुष्टि, २८ कार्तिक ।
त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९ मा आउँदो मंसिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धुर्व प्रसाद पोखरेल र तेजमान विकलाई उम्मेदवारी बनाएको छ । व्यवसायी समेत रहेको पोखरेल त्रियुगा नगरपालिका वडा नं १२ का लागि उम्मेदावर हुन भने बिक बेलका ९ का लागि उम्मेदवार हुन् । आउँदो उपनिर्वाचनका लागि वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न उम्मेदावरी घोषणा गरेको हो । कांग्रेस, एमाले र माओवादीले पहिल्यै उम्मेदार टुँगाई सकेको छ । रास्वपा सँगै १२ नं वडाका उपनिर्वाचनमा ४ दलले उम्मेदवा तयार पारि सकेको छ । अन्य दलहरुले पनि उम्मेदवार उठाउने तयारी गरिरहेको छ । मनोनयन दर्ता मंसिर २ गते हुने भएको छ ।

