पूर्णपुष्टि, ३ मंसिर
त्रियुगा नगरपालिका वडा नं १२ मा चुनावी माहोल बढेको छ । आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि १२ नं वडामा स्वतन्त्र उम्मेदवार सहित बिभिन्न दलका ९ जना उम्मेदवारहरुले मनोनयननै दर्ता गराई सकेको अवस्था छ । आईतबार मात्रै उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी जस्ता प्रमुख दलहरु सँगै उदाउँदो पाटी राष्ट्रिय रास्वपा पनि उपनिर्वाचनमा पहिलो पटक सहभागी बनेको छ । यस्तै गरी एकीकृत समाजवादी, राप्रपा, नागरि उन्मुक्ति, जनमत पनि उपनिर्वाचनमा सहभागी बनेको छ ।

यता स्वतन्त्र बाट युवा उम्मेदवार बजरङ्गी कुमार दासले पनि उपनिर्वाचनमा उम्मेदवारी दिएको छ । यतिवेला गाईघाटवासीहरुको चासो त्रियुगा १२ मा छ । चुनावी केन्द्र विन्दु बनेको उक्त वडामा पार्टीका नेता तथा कार्यकर्ताहरुको घुँईचो लागेको छ । यसैलग गर्दा त्यस स्थान तर्फ सबैको ध्यान खिचेको हो ।

सनि मन्दिर देखी जनप्रेमी टोल सम्मै प्रचार प्रसार तथा सम्पर्क कार्यालयहरु खडा गरिएको छ । कांग्रेस, एमाले, माओवादी, नेकपा एस, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले चुनाव प्रचार प्रसारको लागि सम्पर्क कार्यालयनै खडा गरेर प्रचारमा लागि सकेको अवस्था छ । यस वडामा पूर्व वडा अध्यक्ष चुडामणी काफ्लेको दुर्घटनामा मृत्यु भएपश्चात उपनिर्वाचन हुन लागेको हो । यो सँगै उदयपुरको बेलका नगरपालिकामा पनि वडा अध्यक्ष पदकै लागि उपनिर्वाचन हुँदैछ । नगरपालिकाको ९ नं वडा अध्यक्षको पनि दुर्घटनामै मृत्यु भएपछि त्यस वडामा पनि उपनिर्वाचन हुन लागेको हो ।