पूर्णपुष्टि, मंसिर २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा हुने मंसिर १६ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट संजिव काफ्लेले मनोनयन दर्ता गराएका छन् ।
आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय १२ नं वडामा र्याली सहित पुगेका काफ्लेले अध्यक्ष पदको लागी उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एक स्वतन्त्र उम्मेदवार सहित ९ दलहरुले समेत मनोनयन दर्ता गराईसकेका छन् ।

