क्वालालम्पुर ३० भदौ । हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आइतबार क्वालालम्पुरमा सम्पन्न भएको छ। क्वालालम्पुरको एक होटलमा कार्यक्रमको आयोजना गरि हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन कार्यक्रम सम्पन्न भएको हो।

गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाका अध्यक्ष इन्द्र बहादुर लिम्बु प्रमुख अतिथि रहेका कार्यक्रमको सभापतित्व संस्थापक अध्यक्ष दिपक कुमार मण्डलले गर्नुभयो।

कार्यक्रममा विभिन्न संघ–संस्था, समाजसेवी, पत्रकार र शाखा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। अधिवेशनले प्रवासी समुदायको योगदानको कदर गर्दै सम्मान प्रदान गर्नुका साथै जोहोर, केएल, सेरेमबान शाखा र केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयन गरेको छ।

नव निर्वाचित अध्यक्षमा प्रमोद कुमार महतो चयन हुनुभएको छ।