मुकेश कुमार यादब/न्युजकारखाना , सिरहा १० माघ। पछिल्लो समय सिरहामा लागुऔषधको व्यापार फस्टिदाँँ जिल्ला अहिले प्रतिवन्धित लागुऔषधको अखडा नै बनेको पाईएको छ। करिव ४६ किलोमिटर खुल्ला सिमानाका रहेको सिरहामा प्रहरी प्रशासनको फितलो निगरानीका कारण जिल्लाको विभिन्न नाकाहरुबाट लागुऔषध व्यापारीहरुले सजिलै नेपालबाट भारतीय वजार सम्म प्रतिवन्धित लागुपदार्थ गाँजा पुर्याउने र भारतीय वजारबाट बा्रउन सुगर, कोरेक्स, टयावलेट लगायतको लागुऔषधहरु नेपाल भित्र¥याउने गरेको पाइएको हो।

आजमात्र प्रहरीले लागुपदार्थ ब्राउनसुगर सहित दुइजना युवकलाई नियन्त्रणमा लिएको छ। विशेष सुचनाको आधारमा भारतीय बजारबाट बिक्रीवितरणका लागि नेपालतर्फ ल्याउदै गरेको सिरहा नगरपालिका वडा १७ खैरटोका भन्सार गेट बाटै  ब्राउनसुगर सहित २ जना युवकलाइ प्रहरीले नियन्त्रणमा लिएको हो।

मोटरसाइकल चेकजाँचको क्रममा पाँच ग्राम २ सय मिलिग्राम ब्राउन सुगर सहित गोलवजार ७ बस्ने करिव २५ वर्षिय हृदय सिंह र सोही स्थानको करिव २२ वर्षिय धर्मेन्द्र यादवलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका युवकहरुको जिल्ला प्रहरीकार्यालयमा राखेर थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

यता, प्रहरी प्रशासन र स्थानिय सरकारहरुले लागुऔषध विरुद्धको दिवस माएर मात्रै वर्षेनि लाखौ खर्चिने गर्छन। स्थानिय सरकारहरुले यसको नियमन, अनुगमन, नियन्त्रण र जरीवाना लगायतको कुनै ठोस निर्णय लिन नसकेको कारणपनि लागुऔषध तस्कर तथा प्रयोगकर्ताहरुले दिनप्रतिदिन निम्न चुनौतीहरु दिईरहेको स्थानिय अभिभावकहरु बताउँछन्।

स्थानीय प्रहरी प्रशासनले पटक–पटक लागुऔषध नियन्त्रण गर्न अभियान चलाए पनि लागुऔषध तस्करी र प्रयोगकर्ताहरुको विगविगी कायमनै रहेको देखिन्छ।

विशेषगरी लागुऔषध तस्करीमा युवा पुस्ता आकर्षित हुँदै गएको छ। लागुऔषध सजिलै जुनसुकै पसल तथा स्थानहरुमा उपलब्धहुने भएकोले प्रयोगकर्ता पनि दिनप्रतिदिन बढदै गइरहेको नाम नखोल्ने शर्तमा एक प्रयोगकर्ताले जनाए। उनले भने, ‘मुख्य तः लागुऔषध सहज रुपमा उपलब्ध भएकै कारण सिराहाका किशोर–किशोरी र युवा पुस्ता लागुऔषधको शिकार हुदैँ गैईरहेको छ। लागुऔषधले हाम्रो पुस्ताको जीवन बर्बाद गर्दैछ; उनले चिन्ता समेत व्यक्त गरे।’

सिरहामा करिव १५ वर्ष उमेर देखी ४५ वर्ष उमेर समुहका हजारौं युवाहरु लागुऔषधको कुलतमा फसेको जानकारहरु बताउछन्।